काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो ।
महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ ।
फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीहरूले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन् । यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
विभिन्न स्थानहरूमा जिम्मेवार व्यक्ति र सम्पर्क नम्बर तोकिएको छ, जसमा एन.बी. सेन्टर नयाँ बानेश्वरमा आकृति श्रेष्ठ आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा रहेका छन् ।
महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ । सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।
विक्रवितरणको लागि निम्न स्थानहरु तोकिएको छ ।
एन. वि. सेन्टर नयाँ वानेश्वर
बिग मार्टः शंखमुल
आइ प्लेक्स मलः नयाँ बानेश्वर
सेल्स बेरीः मध्यबानेश्वर
फोनेक्स टावरः बत्तिसपुतली
तिनकुने चौर तिनकुने
सिफल चौरः सिफल
ए.सी. कम्लेक्सः चावहिल गणेशस्थान तरकारी बजार
के. एल. टावर अगाडि, चावहिल
चावहिल सेन्टर अगाडि
स्वयम्भूः धर्म चक्र पार्क
कालिमाटीः कालिमाटी बाङ्गक्यूट
कालिमाटी धौखेल
कलंकी भाटभटेनी
नयाँ बजारः भ्याली कोल्ड स्टोर
माछापोखरीः बुद्ध महल
माछापोखरीः गुणस्तर खाल्डो
हॉडिगाउँः ५ वडा अगाडिको डबली
हाँडिगाउँः ५ वडा गणेश मन्दिर डबली
कोइराला स्मार्टः २६ वडा सामाखुशी
सेल्सबेरीः महाराजगञ्ज
गंगवुः विगमार्ट
चपलकारखानाः विगमार्ट
बालुवाटारः विगमार्ट
कमलादीः का.म.पा. २८
पुतली सडकः का.म.पा. २८
अनामनगरः का.म.पा. २९ ः भाटभटिनी
टेवाल मन्दिर परिसर
सुन्धारा काठमाडौं महल
का.म.पा. २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने ठाउंमा
न्यूप्लाजा बग्र कम्लेक्स गुडमार्ट





