सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

२०८२ आश्विन १०, शुक्रबार १४:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १२ सयले बढेको हो ।
बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार