काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा, कम्पनीले अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गर्ने जनाएको छ।





