महावीर पुनले लिए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार, भने- ‘किताब बेच्दै गरेको मान्छे अपरझट मन्त्री बन्यो’

२०८२ आश्विन ६, सोमबार १६:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज सिंहदरबार बाहिर केशर महलस्थित मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन्। जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा भएको आगजनीबाट क्षति पुगेपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो। उनीसहित आज अन्य तीन मन्त्रीले पनि आ-आफ्नो पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पुनले आफू अपरझट मन्त्री बनेकोले अहिले नै कुनै ठोस योजना सार्वजनिक नगर्ने बताए। उनले भने, “अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्ने भन्नेर नसोध्नुहोस्।”

उनले विज्ञहरूको सल्लाह लिएर छरितो र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री पुनको नियुक्तिलाई धेरैले चासोका साथ हेरेका छन्, विशेषगरी उनी नेपालमा वायरलेस प्रविधिको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउनका लागि गरेका कामहरूका कारण परिचित छन्। अब शिक्षा र प्रविधि क्षेत्रमा उनको नेतृत्वमा कस्ता नयाँ पहलहरू हुन्छन् भन्ने कुरा हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार