दोहोरो अंकले घट्यो शेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार

२०८२ भाद्र १७, मंगलवार १७:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सोमबार बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै २ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २१ वटा कम्पनीको शेयर घटेकोमा २९ वटाको बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको निरन्तररूपमा सर्वाधिक मूल्यको सेयर खरिदबिक्री हुँदै आएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार