नेकपा एमालेले बोलायो सचिवालय बैठक

२०८२ भाद्र १७, मंगलवार १५:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । यही भदौ २०-२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।

बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार