काठमाडौंमा निजी विद्यालयहरुको बस र्याली (तस्बिरहरुमा)

२०८२ भाद्र १६, सोमबार १३:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आज स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले आफ्ना स्कुलका सवारीको र्‍याली निकालेर विरोध गरेका हुन् ।

यसरी निकालिएको र्‍यालीले चक्रपथको परिक्रमा गरिरहेको छ । विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्नेलगायतका माग उनीहरूले राखेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले निरन्तर दबाब दिइरहेका छन् । केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार