काठमाडौं । यमनको हुथी विद्रोही समूहले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल–रहावीको मृत्यु भएको बताएको छ। हुथी समूहले गाजा युद्ध सुरु भएयता यो आफूहरुको सबैभन्दा ठूलो क्षति भएको जनाएको हो। हुथी समूहका अनुसार यो क्रममा कुनै वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो। हुथी समूहको यो दाबीको कुनै स्वतन्त्र पुष्टि नभएको बीबीसीले उल्लेख गरेको छ। समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोही समूहको समाचार एज्ेन्सीलाई उद्धृत गर्दै यो समूहका सुप्रिम पोलिटिकल काउन्सिल प्रमुख महदी अल–मशातले घोषणा गरेको छ।
शुक्रबार राजधानी सनामा भएको आक्रमण उनको मृत्यु भएको हो। आक्रमणमा ठूलो हताहति भएको भनिए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन।
समाचार एजेन्सी एएफपीका अनुसार हुथी प्रधानमन्त्री अल–रहावी बुधबार भएको एक सार्वजनिक कार्यक्रममा अन्तिम पटक देखिएका थिए। सन् २०२५ को पहिलो ६ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको छ।
हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले यसबारे जानकारी गराएकोे हो। राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन्।





