सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

२०८२ भाद्र १२, बिहीबार ०९:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । आज पर्वको पहिलो दिन व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने प्रचलन रहेको छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिने गरिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा पनि लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुन्छ । ठाउँठाउँमा पर्वको अवसरमा आजैदेखि देउडा समेत खेलिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार