सामान्य घट्यो सुनको मूल्य

२०८२ भाद्र ९, सोमबार १२:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो।

महासंघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार