सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

२०८२ भाद्र २, सोमबार ११:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेकोे हो । आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २३ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार