आज रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

२०८२ श्रावण ३१, शनिबार १४:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

आज दिउसो ३ः१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याउन लागिएको कारागार विभाग स्रोतले जनाएको छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार