पार्टी एकताको पहल: झलनाथ खनाललाई भेट्न डल्लु पुगे नारायणकाजी

२०८२ श्रावण २५, आईतवार १५:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेका बेला आज खानाललाई भेट्न श्रेष्ठ डल्लुस्थित खनाल निवासमै पुगेका हुन् ।

भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य तथा सम्भावनाबारे कुराकानी भएको बताइएको छ । करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो ।

एकातिर माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेको र अर्कोतिर खनालको सम्बन्ध अध्यक्ष माधवकुमार नेपालसँग पानीबाराबारको अवस्थामा पुगेका बेला खनालसँग भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यद्यपी सार्वजनिक कार्यक्रममै एक अर्कालाई पार्टी छाड्न भनिसकेका नेपाल र खनालबीच आज पार्टी कार्यालयमा भेट भने भएको थियो ।

पछिल्लो समय श्रेष्ठ एकीकृत समाजवादीको शिर्ष नेताहरुसँग भेटघाटमा ब्यस्त छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त सार्वजनिक रुपमै एकताका लागि नेपाललाई प्रस्ताव गरिसकेका छन् । तर, नेपालले भने तत्काल एकताको सम्भावना नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार