यू–२० महिला एसियन कप छनोट: नेपाल साउदी अरेबियासँग भिड्दै

२०८२ श्रावण २३, शुक्रबार १३:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार