प्रभु बैंकबाट एकैपटक ११ संस्थापक बाहिरीँदै, को–को हुन् ?

२०८२ श्रावण २१, बुधबार ११:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रभु बैंकका ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका छन् ।

बैंकका अनुसार, सेयर बिक्रीमा राख्नेहरूमा खिम बहादुर गुरुङ, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्ता श्रेष्ठ, अनिल भक्ता श्रेष्ठ, सुनिल भक्त श्रेष्ठ, दिनेश भक्त श्रेष्ठ, सन्ध्या थापा क्षेत्री, चांद शमशेर जबरा र किशोर कुमार महर्जन रहेका छन् । उनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित गरेका हुन् ।

बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र खरिद नगरेमा अन्य सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार