रञ्जिताले शिव बास्तोलालाई दिइन् नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

२०८२ श्रावण ११, आईतवार १५:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद बढ्दै जाँदा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई तोकेकी छन्।

पार्टीभित्र बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका थिए। तर, श्रेष्ठले बैठक नबोलाई पार्टीको विधानअनुसार आफू अस्वस्थ रहेको कारण देखाउँदै पोखरा निवासी वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी हुन्।

यो निर्णयलाई पार्टीभित्रको शक्ति संघर्ष र अध्यक्ष श्रेष्ठले असन्तुष्ट पक्षलाई पन्छाउन चालेको कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार