राष्ट्रियसभा निर्वाचन उम्मेदवारलाई आयोगद्वारा चुनाव चिह्न प्रदान

२०८० पुष २८, शनिबार १५:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार नै बिहान १० बजेदेखि दिउँसो १बजेसम्म उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी कूल ५१ जना उम्मेदवारको यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार