अध्यक्ष नेपालको टिप्पणीः विदेशीहरुसँग लम्पसार पर्ने प्रवृत्ति बढ्यो

२०८० पुष २५, बुधबार १५:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले विदेशीहरुसामु लम्पसार पर्ने प्रवृत्ति हावी भएको बताएका छन् । एकीकृत समाजवादी निकट विद्यार्थीहरुको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितको रक्षा गर्ने कुरामा जति संवेदनशील हुनुपर्ने त्यति नभएको भन्दै अहिले विदेशीहरुसामु लम्पसार पर्ने प्रवृत्ति हावी भएको बताएका हुन् ।

उनले भने,‘अहिले हामी देखिरहेको छौं । विदेशीहरुसामु लम्पसार पर्ने अर्को प्रवृत्ति देखिएको छ । राष्ट्रिय हितको रक्षा गर्ने कुरामा जति संवेदनशील हुनुपर्ने त्यति संवेदनशिलता नभएको पनि पाइएको छ । यस्तो लम्पसार पर्ने प्रवृत्तिप्रति हामी सजक हुनुपर्छ ।’ उनले पहिला पनि नेपाली कांगे्रसलाई देशभक्त शक्तिको रुपमा मानिसले लिन नसकेको र अझै पनि त्यसबारेमा गम्भीर प्रश्न उठ्ने गरेको साथै विदेशीहरुको दलाली, चाकडी गर्ने आरोप लाग्ने गरेको टिप्पण गरे ।

अध्यक्ष नेपालले गठबन्धनमा पार्टीको तर्फबाट जति सक्रियता हुनुपर्दथ्यो त्यो नभएकाले समानुपातिकको मत पर्याप्त पाउन नसकेको बताए । अबका दिनमा अरुको भरोसा गरेर चल्ने भन्दा पनि आफ्नो शक्ति निर्माणमा जोड दिने उनको अठोट छ । उनले यहि फागुन ७ गतेदेखि हुने अभियानका लागि भित्रभित्रै विभिन्न गतिविधि भइररहेको भन्दै त्यसको पूरा जानकार राख्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार