कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक, कहिले बस्दैछ बैठक?

२०८० पुष १९, बिहीबार १६:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसअघि कांग्रेसले पुस १२ गतेदेखि पुस १४ गतेसम्म केन्द्रीय समिति बैठक डाकेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार