आफ्नो सरसल्लाह र कुरा नसुनेको भन्दै प्रधानमन्त्रीद्वारा सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

२०८० पुष १९, बिहीबार १३:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालयले मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो सरसल्लाह र कुरा नसुनेको भन्दै गजुरेलले राजीनामा दिएको बताएका थिए ।

गजुरेल माओवादी केन्द्रका उपमहासचिब हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार