बालकुमारी घटनाबारे प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा छलफल गर्दै

२०८० पुष १५, आईतवार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।

छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरु आन्दोलनमा उत्रिएका थिए । सोही आन्दोलनमा प्रहरीले गोली चलाएको थियो ।

युवामाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार