राष्ट्रपति पौडेल समक्ष थाईल्याण्डका नवनियुक्त राजदूत वलीले लिए शपथ

२०८० पुष १२, बिहीबार १५:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थाइल्याण्डका लागि नेपालका नवनियुक्त आवासीय राजदूत धनबहादुर वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा विहिबार भएको एक समारोहमा राजदूत वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सो समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार