जसपाको कार्यकारिणी समिति बैठक मंगलबार १ बजे बस्ने, राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका विषयमा टुंगो लगाउने

२०८० पुष ९, सोमबार १०:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार बस्दैछ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने ? भन्ने लगायत विषयहरूमा टुंगो लगाउने बताए । ‘अध्यक्षज्यू, निरन्तर काठमाडौंबाहिर हुनुभयो । नियमित छलफलसमेत हुन पाएको छैन,’ उनले भने, ‘यो बैठकमा समसामयिक राजनीतिक विषयहरूमै छलफल हुन्छ, र राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा टुंगो लगाउँछौँ ।’

आगामी फागुनमा पदावधि सकिने २० सदस्यमध्ये जसपाका एक सांसद छन् । त्यो सहित जसपाले गठबन्धनमा ४ सिटमा दाबी गर्दै आएको छ । तर गठबन्धनमा सिट बाँडफाँडको विषयमा अझै टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार