काँग्रेसको मधेश प्रदेश सम्मेलन जनकपुरधाममा सुरु

२०८० पुष ५, बिहीबार १४:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलन जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले प्रथम सम्मेलनको उद्घाटन गरेका छन् ।

सभापति देउवासहित उपस्थित शीर्ष नेताहरुले स्वागत मनत्यव राख्दै छन् । प्रदेश सभापति कृष्ण प्रसाद यादवका अनुसार आजको सत्र समाप्त भएपछि भोलि बन्द सत्र हुनेछ । उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट सयौं नेताकार्यकर्ताको उपस्थिति देखिएको छ ।

भोलि बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार