नेपाल एयरलाइन्सका ५ वटा पुराना जहाज लिलामीमा

२०८० पुष ५, बिहीबार ११:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।

बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ । एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ ।

यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार