सर्वोच्चमा ६ न्यायाधीश नियुक्त, को-को हुन्?

२०८० पुष ४, बुधबार १७:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले, न्यायपरिषदको सिफारिसमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

शीतलनिवासबाट प्रकाशित विज्ञप्तिमा संविधानको धारा १ सय २९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको उल्लेख छ । बुधबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार