यस्तो छ ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी बर म पीपल’ (भिडियो)

२०८० पुष १, आईतवार १६:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । आगामी माघ १९ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका कलाकार गौरव पहारी र नम्रता सापकोटाको अभिनय छ । रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ ।

फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता हुन् । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार