इजरायलमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने समन्वय संयन्त्रको निर्णय

२०८० आश्विन २२, सोमबार ११:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकको इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । ‘बैठकले थाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय गरेको छ । ’ सचिवालयले भनेको छ ।

त्यस्तै संयन्त्र बैठकले इजरायली पक्षसंग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार