गण्डकी प्रदेशको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

२०८० असार १५, शुक्रबार ०७:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी । गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ ।

बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरे । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित छन् ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री भने उपस्थित छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार