काठमाडौँ । गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ। म्युजिक खबर युट्युब च्यानलमार्फत ‘एक चिम्टी सिन्दूर’ बोलको गीत सार्वजनिक गरिएको हो।
सबिता पोखरेलको शब्द रहेको गीतमा सरोज कोइरालाले संगीत भरेका छन्। संगीत संयोजन विष्णु अधिकारीको रहेको छ। गीतको भिडिओमा सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक कथालाई देखाइएको छ।
गीतको भिडिओलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्।





