काठमाडौं । गायक तिलक सिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
कृष्ण सिंह पेलाको शब्दरचना रहेको गीतमा संगीत तथा स्वर तीलकको छ । संगीत संयोजन रिदम कणेँलले गरेका छन् । विष्णु शर्माले निर्देशन गरेको भिडियोमा गायक तीलक स्वयं छन् ।
तिलकको ‘के लत बस्यो’ बोलको गजल केही समय पहिला लोकप्रिय भएको थियो ।





