बढ्यो सुनचाँदीको मूल्य, पढ्नुहोस् कतिमा हुदैँछ कारोबार?

२०७९ चैत्र १५, बुधबार ०६:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको हो ।

मंगलबार प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार