प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

२०७९ चैत्र १२, आईतवार ०५:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.१७ अंकले वृद्धि भई १९१५.३२ विन्दुमा आएको छ ।

यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ ।

१३ उपसूचकहरू मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार