काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको आइतबार छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा करोबार भएको थियो । शुक्रबार यो सुन तोलाको एक लाख सात हजार १०० रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन तोलाको एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य यो साता ६५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको आइतबार चाँदी तोलाको एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।





