प्रचण्डलाई ह्यारासमेन्ट गर्न द्वन्द्वकालीन घटना उछालियोः प्रभु साह

२०७९ फाल्गुन २८, आईतवार ०९:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री प्रचण्डलाई हतोत्साही बनाएर काम गर्न नदिने योजना अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा लगिएको टिप्पणी गरेका छन् ।

माओवादी घटकहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले देशको कार्यकारी प्रमुखलाई हतोत्साहित पारेर नेपाललाई स्थिरतातिर अगाडि बढ्न नदिने षड्यन्त्र भएको पनि बताए । ‘यतिबेला प्रचण्डजी देशको कार्यकारी प्रमुख हुनुहुन्छ । देश अहिले स्थिरततातिर अगाडि बढ्छ भन्ने आत्मविश्वास जागृत भइरहेको सन्दर्भमा उहाँलाई हयारासमेन्ट बनाउने गरी खेलहरु अगाडि आउँछ यसले बढी चिन्तित बनाउँछ’ उनले भने ।

कार्यकारी प्रमुखलाई काम गर्न नदिने र नेपाली समाजलाई गुमराहमा राख्ने योजना अनुसार द्वन्द्वकालीन घटना उछालिएको साहले टिप्पणी गरे । ‘नेपाली समाजलाई फेरि गुमराहमा राखिराख्ने र नेपालमा केही गर्छु भन्नेहरुलाई निराश बनाउने योजना अुनसार यो काम भइरहेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार