आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवसः देशभरका विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन मन्त्रालयको निर्देशन

२०८० पुष ११, बुधबार १०:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउन थालिएको बताइएको हो ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दैै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।

शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय