एकैदिन झण्डै ४ हजारले बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

२०८२ आश्विन ७, मंगलवार १२:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला दुई लाख २१ हजार ७ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय बढेको हो ।

त्यसैगरी आज चाँदी दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार