सुनचाँदीको मूल्य बढ्यो

२०८२ आश्विन ६, सोमबार ११:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार तोलाको २६ सय २० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार