काठमाडौं । आज सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेर तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।




