काठमाडौं । साताको कारेबारको पहिलो दिन नेप्से परिसूचक १८.०२ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.६५ प्रतिशतले घटेर २,७३९.९५ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने साढे एक अर्बले बढेको छ ।
आज ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार पाँच अर्ब दुई करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २०८ कम्पनीको सेयरमूल्य घटेको छ ।
विकास हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसा कायम भएको छ ।
सवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.७४ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.२९ प्रतिशत अर्थात १०५ रुपैयाँ शुल्य ८ पैसाले घटेको छ ।
आज कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक०.१५ प्रतिशतले बढेको छ ।




