काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। आज नेप्से २० अंकले वृद्धि हुँदै २८५२ विन्दुमा पुगेर बन्द भएको हो। आज बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कुल ३१८ कम्पनीको कारोबार भएकोमा १८७ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने ६२ कम्पनीको मूल्य घटेको छ।
बिहीबार दिनभरको कारोबारमा २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमको आधारमा आज लिबर्टी इनर्जीले अग्रता लिएको छ। कम्पनीको ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी, शिवम् सिमेन्टको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, नेपाल रिइन्स्योरेन्सको २२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।




