सेयर बजारमा भारी गिरावट, नेप्से ४१ अंकले घट्दा कारोबार रकम ९ अर्ब ३३ करोड

२०८२ श्रावण २०, मंगलवार १५:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ अंकले घटेर २८३३ बिन्दुमा झरेको हो। आज बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल कारोबारमा आएका ३२५ कम्पनीमध्ये जम्मा ४६ वटाको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य भने घटेको छ।

बजार ओरालो लागे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। दिनभरमा २ करोड कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको ३९ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, ट्रेड टावरको ३७ करोड, शिवम् सिमेन्टको ३३ करोड, बुटवल पावर कम्पनीको ३० करोड र न्यादी ग्रुप पावरको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार घटे पनि दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार