कृषि विकास बैंक सातदोबाटो शाखाको नयाँ स्थानमा स्थानान्तरण, सेवा प्रवाह अझ सहज हुने

२०८२ श्रावण १८, आईतवार १४:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ललितपुर। कृषि विकास बैंक लिमिटेडको सातदोबाटो शाखा आजदेखि नयाँ स्थानमा सरेको छ। अबदेखि शाखाले सातदोबाटो चोकदेखि पूर्वतर्फ रहेको सेल्सबेरी मार्टको भवनबाट सेवा प्रदान गर्नेछ।

शाखा स्थानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, मीनराज पोखरेल, शुसिल हुमागाई लगायत वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो।

त्यसैगरी कार्यक्रममा भौतिक सम्पत्ति तथा नयाँ परियोजना विभागका विभागीय प्रमुख माधव रिजाल, डिजिटल बैंकिङ विभागका गिरीराज रेग्मी, बाग्मती प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापा मगर, मार्केटिङ एन्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुख खेटराज दाहाल र जिवराज बम, मंगल बजार शाखाका प्रबन्धक जर्नादन न्यौपाने लगायत प्रदेश र शाखाका कर्मचारीहरूको पनि विशेष उपस्थिति रहेको थियो।

शाखा प्रबन्धक बलिराम पुर्वेका अनुसार, पहिलाको स्थानबाट सेवा प्रवाहमा असहजता देखिएकाले ग्राहकलाई थप सहज, छरितो र सुलभ सेवा प्रदान गर्न नयाँ स्थानमा सरेको जानकारी दिए।

हाल कृषि विकास बैंकले देशभर ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ। हालसम्म बैंकका २७१ शाखा कार्यालय र १२९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले ग्रामीणदेखि शहरी क्षेत्रसम्मका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार