जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

२०८२ श्रावण १५, बिहीबार १४:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ । गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गरेको हो ।

लगानीकर्ताले भदौ ४ गते भित्र हकप्रद खरिदका लागि आवेदन दिनुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार