माछापुच्छ्रे क्यापिटलद्वारा ५ प्रतिशत नगद लाभांश घोषणा

२०८२ श्रावण १५, बिहीबार १२:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी भदौ ६ गते काठमाडौंको बालुवाटारमा आफ्नो छैठौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र संस्थापक समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरूमाथि पनि निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार