दरमखोला हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुल्यो

२०८२ श्रावण १५, बिहीबार १०:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते बन्द हुनेछ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ भने सि(आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार