खुमा अर्याल कप क्रिकेट: वालिङ र गल्याङ विजयी

२०८२ माघ ५, सोमबार १६:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । स्याङ्जामा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट प्रतियोगितामा वालिङ नगरपालिका र गल्याङ नगरपालिकाले जित हासिल गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा गल्याङले भीरकोट नगरपालिकालाई १२ रनले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको गल्याङले १०४ रन बनाएको थियो, जसको जवाफमा भीरकोट ९२ रनमै अलआउट भयो । खेलमा ३ विकेट लिएका गल्याङका सन्दिप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा वालिङ नगरपालिकाले फेदीखोला गाउँपालिकामाथि ९ विकेटको सानदार जित दर्ता गर्‍यो । फेदीखोलाले दिएको ८२ रनको सामान्य लक्ष्य वालिङले मात्र १०.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । वालिङका लागि अविजित ५१ रन बनाएका र ४ विकेट लिएका सुजन गौतम ‘म्यान अफ द म्याच’ बने ।
खुमा अर्याल फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ११ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार