बन्दिपुर केवलकार एण्ड टुरिजम द्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन

२०८२ भाद्र ११, बुधबार १३:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज भदौ ११ गतेबाट बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले सर्वसाधारणको लागि आइपिओ जारी गरिरहेको छ।

कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो। न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। सेयर निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुला हुनेछ।

कम्पनीले हालै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि सेयर निष्कासन गरिसकेको छ। कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ। केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी (आइएस) रेटिङ दिएको छ।

कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार