काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो।
जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ। सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जारी गरेको सूचनामा उल्लेख छ।




