सुनको मुल्य आज १९ सयले बढ्यो, तोलाको कति पुग्यो ?

२०८२ श्रावण २०, मंगलवार १३:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार